कैलालीमा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

काठमाडौं । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् ।

पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविका चलाउँदै आएकी थिइन् । तर, डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले धामीले सडक छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भिरबाट फालेका हुन् ।

धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसाली दिएको बताइन् । डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको छ ।

यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक पटक हटाउन ताकेता गर्दा नमानेको दाबी गर्दै हटाउने क्रममा कर्मचारीलाई गालीगलौज गरेएपछि उक्त स्थिति सिर्जना भएका दाबी गरे ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित