शनिबार र आइतबार लगातार बिदा हटाउन रास्वपा सांसदको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार लगातार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदाले असर गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा सरकारको उक्त निर्णय व्यवहारिक र सेवाग्राहीमैत्री नभएको सांसद बुढाथोकीको तर्क थियो । उनले सार्वजनिक विद्यालयहरूको समायोजनमा तीव्रता दिन पनि सरकारलाई सचेत गराए ।

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यवहारिक नभएको व्यापक गुनासो प्राप्त भएको छ । यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सिर्जना गरेको छ । साथै, दुई दिनको बिदाका कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘गाउँका विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्त न्यून हुँदा प्रति विद्यार्थी लागत बढिरहेको छ । विद्यालयहरू समायोजन गरी आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित