कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

काठमाडौं । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको एक समितिले ५७ प्रतिशतसम्म तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । अर्याल अध्यक्ष रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले उक्त सिफारिस गरेको हो ।

समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब ५७ प्रतिशतसम्म बढाउन भनेको छ । सुझावमा महँगीसमेतलाई मध्येनजर गरी सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न भनिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउँदै छ ।

बजेटको पूर्वसन्ध्यामा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले सरकारलाई सुझाएको हो । अर्याल समितिले मुख्यसचिव तहको तलब ५६.७१ प्रतिशतले वृद्धि गर्न सुझाएको छ । कार्यालय सहयोगी कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ ।

समितिले कर्मचारीको सबैभन्दा माथिल्लो तह (मुख्यसचिव) का कर्मचारीको तलब ५६.७१ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । माग बमोजिम तलब वृद्धि गर्दा ७७ हजार दुई सय ११ रुपैयाँ रहेको मुख्यसचिवको तलब १ लाख २१ हजार रुपैयाँ हुने छ ।

यस्तै, हाल २७ हजार ६ सय १२ रुपैयाँ रहेको कार्यालय सहयोगीको तलब बढेर ३५ हजार र ७७ हजार २ सय ११ रुपैयाँ हुने छ । कानुन सचिव पारास्वर ढुंगानाले निजामति कर्मचारीको तलब भत्ता पुनरावलोकनका लागि निजामति ऐनमै समितिको व्यवस्था रहेको बताउँदै तीनवर्षमा सुझाव दिने अभ्यास अनुरुप सिफारिस भएको जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित