अमेरिकाले पायो ३ सय १८ रनको लक्ष्य, ओडीआईमा नेपालले जोड्यो हालसम्मकै उच्च अंक

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले जितका लागि अमेरिकासामु जितका लागि ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टीयू मैदानमा बनाएको नेपालले बनाएको यो अहिलेसम्मको सर्वाधिक योगफल हो। यसअघि नेपालले २०२३ मा घरेलु मैदानमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो।

ओडीआईमा नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रनको विशाल योगफल बनाएको थियो। ओडीआईमा नेपालले बनाएको यो नै सर्वाधिक विशाल योगफल हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रनको विशाल योगफल तयार पारेको छ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए। ८३ बलमा ८ चौका र १ छक्का बनाएका पाण्डे शुभम रन्जानेको बलमा सेहान जयासुरियाको बलमा क्याच आउट हुन पुगे।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले १ सय १० रनको साझेदारी गरे। ५९ बलमा २ चौका र १ छक्का होनका कप्तान पौडेल ३७.६ ओभरमा ४६ रन बनाउँदा मिलिन्द कुमारको बलमा एलबीडब्लु धरापमा परे।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १२।५ ओभरमा ६९ रनको साझेदारी गरे। ३९ बलमा ५ चौका सहयोगमा २९ रन बनाएका कुशल भुर्तेल शुभमको बलमा साइतेजा मुक्कमल्लाको हातबाट क्याच आउट भए।

५७ बलमा ६ चौका सहयोगमा ४३ रन बनाएका आशिफ शेख रुसिल उगारकरको बलमा स्मिथ पटेलको हातबाट आउट हुन पुगे।

१२ बलमा १ छक्का सहयोगमा १५ रन बनाएका गुल्सन झा शुभमको बलमा क्याच आउट भए। दीपेन्द्र सिंह ऐरी ५९ रन थप्दै पेभेलियन फर्के। ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका दीपेन्द्र रनआउट भए। सोमपाल कामी ५ रनमा रनआउट भए।

अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए। रुसिल उगारकर र मिलिन्द कुमारले समान एक विकेट लिए। अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित