दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अझै १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उनीहरुमाथि सम्पत्ति शुद्धीकरण कसुरको आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बुधबार उनीहरुलाई म्याद थपका लागि विशेष अदालतमा लगिएको थियो। सो क्रममा अदालतले थप १२ दिन हिरासतमै राख्न अनुमति दिएको हो। यो भट्टको हकमा पाँचौँपटक र अग्रवालको हकमा छैटौँ पटक थपिएको म्याद हो। यसैबीच, उनीहरुको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा पनि सुनुवाइ भइरहेको छ।

विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले म्याद थपको अनुमति दिएको हो।

यस सन्दर्भमा पेस भएको सक्कल मिसिल र सोसँग सम्बन्धित कागजात समेत अध्ययन गरी हेर्दा सम्पत्ति शुद्धीकरण र सम्बद्ध कसुरसमेतको हकमा अनुसन्धान तहकिकात गर्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा १४ कको उपदफा ३ अनुसार संयुक्त अनुसन्धान टोली गठन भई अनुसन्धान तथा तहकिकात कार्य गर्न अगाडि बढेको र सोही क्रममा उक्त ऐनको दफा २२ र २९ मा २०८३ वैशाख १८ मा जारी भएको अध्यादेशले संशोधन भई अभियोजन गर्ने निकाय र मुद्दा हेर्ने अदालतको क्षेत्राधिकार हेरफेर समेत भएको आदेशमा उल्लेख छ।

यो परिप्रेक्ष्यलाई दृष्टिगत गरी यस अदालतमा उपस्थित गराइएका अभियुक्तहरु दीपक भट्ट १ को हकमा पाँचौँ र सुलभ अग्रवालको हकमा छैठौँ पटक म्याद थप हुने गरी मुद्दाको अनुसन्धान तहकिकात गर्न उक्त ऐनको दफा १७ (४) बमोमजिम २३ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरिएको आदेशमा भनिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित