एन्फाका २० भन्दा बढी पदाधिकारी अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं । अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) का २० भन्दा बढी पदाधिकारीहरूलाई कालोसूचीमा रोखेको छ ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बाह्रखरीलाई एन्फाका २० भन्दा बढी पदाधिकारीहरूलाई कालोसूचीमा राखेको आइतबार जानकारी दिए । यद्यपि, विभागले पदाधिकारीहरूको परिचय भने खुलाएको छैन ।

प्रवक्ता ढकालका अनुसार, युवा तथा खेलकुद मन्त्रालयबाट गृह मन्त्रालयमा प्राप्त भएको सिफारिसका आधारमा पदाधिकारीहरूलाई कालोसूचीमा राखिएको हो । उनका अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद मन्त्रालयमार्फत गृह मन्त्रालयमा पदाधिकारीहरूलाई कालोसूचीमा राख्न आग्रह गरेका थियो । जसअनुसार, गृह मन्त्रालयबाट सिफररिस भएपछि विभागले गएको साताको बिहीबार र शुक्रबार गरी दुई दिन लगाएर पदाधिकारीहरूलाई कालोसूचीमा राखेको हो । लोसूचीमा परेका एन्फा पदाधिकारले अब कालोसूचीबाट नाम फुकुवा नभएसम्म विदेश भ्रमण गर्न पाउने छैनन् ।

पछिल्लो समय राखेप र एन्फाबीच अर्ली इलेक्सनलाई लिएर टकराब बढ्दै गएको छ । राखेपले एन्फालाई नेपालको खेलकुद विकास ऐन २०७९ विपरित हुने गरी अर्ली इलेक्सन गर्न खोजेको जनाउँदै गर्दै तीन महिनाको लागि निलम्बन गरिसकेको छ । राखेपले निलम्बन गर्नुअघि एन्फालाई आफ्नो विधानसमेत परिवर्तन गरी उक्त ऐनअनुसार प्रकृया पूरा गर्न पत्राचार गरेको थियो ।

एन्फाले भने राखेपको यो कार्यले विश्व फुटबल महासंघ (फिफा) बाट निलम्बनमा पर्ने अडान लिँदै निलम्बन फुकुवा गर्न आग्रह गर्दै आएको छ । एन्फाले उक्त निलम्बनलाई फिफाको विधानअनुसार, तेस्रो पक्षीय हस्तक्षेप ठहर हुने जनाउँदै आएको छ ।

यस सम्बन्धमा विश्व फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ ९एएफसी० ले पनि राखेपको यो कार्य तेस्रो पक्षीय हस्तक्षेप ठहर गर्दै एन्फालाई निलम्बनका लागि फिफा काउन्सिलमा सिफारिस गर्ने चेतावनी समेत दिइसकेको छ ।

फिफा र एएफसीले संयुक्त रूपमा पत्राचार गर्दै निलम्बन गर्नुले आफ्ना सदस्य संघहरूको स्वतन्त्रतापूर्वक काम गर्न पाउने अधिकार हस्तक्षेप भएको जनाउँदै निलम्बनलाई तेस्रो पक्षीय हस्तक्षेप ठहर गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित