बागलुङको बडिगाड गाउँपालिकाका दुई वडामा नेपाली कांग्रेसका नेताहरुले नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उमेद्वारी दिएका छन् । कांग्रेसको तर्फबाट वडा अध्यक्षको आकांक्षी रहेका र वडा समितिको सभापति रहेका नेताहरु एमाले प्रबेश गरेर उम्मेदवार बनेका हुन् । गाउँपालिका अध्यक्षको टिकट वितरणमा पार्टीले पक्षपात गरेको भन्दै विद्रोह गरेको बताएको छ ।
बडिगाड गाउँपालिका–५ का कांग्रेस नेता बिष्णु आचार्य एमालेको तर्फबाट वडा अध्यक्षको उमेद्वार बनेका छन् । उनी कांग्रेसको तर्फबाट वडाअध्यक्षको आकांक्षी थिए । सोमबारनै एमाले प्रबेश गरेका आचार्यले वडाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्दै उनले नेपाली कांग्रेसले अपमान गरेकाले नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् । २०४६ सालमा अनेरास्वीयूमा सक्रिय भएका आचार्य नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए ।
त्यस्तै, कांग्रेस वडिगाड गाउँपालिका–१० का सभापति पुठासिंह बुढाले एमालेको तर्फबाट वडाअध्यक्षमा उमेद्वारी दिएका छन् । उनी सोमबार मात्रै एमाले प्रबेश गरेका थिए । दुवै जनालाई पार्टी प्रबेश पछि वडाअध्यक्षको उमेद्वार बन्न टिकट दिएको एमाले बागलुङ अध्यक्ष हिरा केसीले जानकारी दिए ।








































