काठमाडौं । नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ।
जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्।
एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो।
मधेस प्रदेशका उम्मेदवार चयन गर्न भने बाँकी रहेको जानकारी उनले दिए।


























