१० दिन तालिमपछि मैदानमा, निर्वाचनका लागि डेढ लाख प्रहरी खटाइने

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड तयार पारेको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बसेर गृहका अधिकारीले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन्।

शनिबार दुवै प्रहरीले आ–आफ्नो तर्फबाट भर्ना गर्ने जनशक्तिका बारेमा छुट्टाछुट्टै प्रस्ताव गृह मन्त्रालयमा बुझाउने र गृहसचिवले त्यसलाई स्वीकृत गरेसँगै भर्ना प्रक्रियाका लागि बाटो खुला हुनेछ।

गृह मन्त्रालयबाट स्वीकृत भएसँगै दुवै प्रहरीले भर्ना प्रक्रिया अगाडि बढाउन देशभरका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनेछन्। आइतबारसम्ममा गृह मन्त्रालयबाट स्वीकृत गर्ने तयारी रहेको गृहका एक अधिकारीले बताए।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले गृह मन्त्रालयबाट स्वीकृत भएर आइसकेपछि भर्नाको प्रक्रिया अगाडि बढ्ने बताए।

गृह मन्त्रालयले नेपाल प्रहरीलाई १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने भएको छ। सशस्त्र प्रहरीले १५ हजार भर्ना गर्न पाउने छ। नेपाल प्रहरीले १ लाख ३७ हजार ६४४ जना निर्वाचन प्रहरी माग गरेको थियो। सशस्त्र प्रहरीले १६ हजार माग गरेको थियो। दुवै प्रहरीलाई केही कम गरेर गृह मन्त्रालयले अनुमति दिएको हो।

निर्वाचन प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले दुवै प्रहरीलाई स्रोत सुनिश्चितता गरिसकेको छ। अर्थबाट स्वीकृत भएको बजेट अनुसार दुवै प्रहरीले मापदण्ड बनाएका हुन्।

तयार भएको मापदण्ड अनुसार निर्वाचन प्रहरीलाई भर्ना गरिसकेपछि १० दिनको तालिम दिइनेछ। त्यसपछि एक महिना निर्वाचनका लागि खटाइने छ। नेपाल प्रहरीमा भर्ना हुने जनशक्ति नेपाल प्रहरीसँगै र सशस्त्र प्रहरीले भर्ना गर्ने जनशक्ति सशस्त्र प्रहरीसँगै खटिनेछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित