मनोनीत १०८ महाधिवेशन प्रतिनिधिप्रति पोखरेल पक्षको असहमति

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको बिषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति जनाएका छन्।

शुक्रबार बसेको सचिवालय बैठकमा १०८ जना प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने सहमति भए पनि त्यस अनुसार अहिले सूची नआएको भन्दै पोखरेल समूहले असहमति जनाएको हो।

हिजोको सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने योजना थियो। तर उक्त सहमति विपरित एकलौटी ढंगले सूची प्रकाशित गरिएको पोखरेलले बताए।

एमाले सचिव योगेश भट्टराईले पनि आज आएको सूची सहमति गर्न सकिने खालको नभएको बताए। ‘सहमति हुने खालको लिस्ट निस्केको छैन,’ उनले भने, ‘हिजो अध्यक्षले पेस गरेकै सूची आएछ।’

हिजोको बैठकमा ओली र पोखरेल दुवैले आफ्नो समूहको तर्फबाट अलग सूची पेस गरेपछि आज ती ती दुबै नामहरुबीचमा सहमति खोज्ने निर्णय भएको पोखरेल पक्षका नेताहरूको भनाइ छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित