बागलुङ । बागलुङको बडिगाडमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयमा आइतबारदेखि महायज्ञ सुरु भएको छ । बडिगाड गाउँपालिका– २ खर्बाङमा रहेको विद्यालयको हिरक महोत्सवको अवसरमा श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।
महायज्ञको गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाले गरेकी छन् । उद्घाटन पश्चात बाल्दै थापाले बसाईसराई र गाँउको विकासको लागि अहिलेको मुख्य आवयश्कता सिप युक्त जनशक्ति रहेको बताइन् ।
उनले कुनै पनि सिप जानेको मान्छे भोकै नहुने बताउदै गाँउको विकासको लागि दक्ष जनशक्ती बाहिर बाट ल्याउदा लाखौ रकम बाहिरिएको बताउदै विद्यालयले राखेको ‘बहुप्राविधिक आवशिय विद्यालय’ को लक्ष्य नै अहिलेको मुख्य आवश्यक्ता भएको बताइन् ।
कार्यक्रममा बडिगाड गाँउपालिकाका उपाध्यक्ष भिमसने बनले पालिकाको एक मात्र नमुना विद्यालयले राखेको लक्ष्य पुरा गर्न पालिकाले अभिभावक्तो लिने बताउदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेलले महायज्ञ अवधिभर कथा प्रवचन मात्र नभई ज्ञान महायज्ञका रुपमा दिव्य कथा बाचन हुने सुनाए । विद्यालयका प्रध्यानाध्यापक ढालमणी भण्डारीले महायज्ञ आयोजना गर्ने अभियन शुरु गरेदेखि अहिले सम्म करिब १ करोड रकम बोलकबोल भईसकेको बताए ।
उक्त विद्यालयमा अहिले ११८७ विद्यार्थी अध्ययनरत रहेका छन् ।
































