पूर्वप्रहरी हवलदारको हत्यापछि फरार व्यक्ति ७ महिनापछि पक्राउ

काठमाडौं । लमजुङमा गत चैतमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले आज दिएको जानकारीअनुसार उक्त घटनामा पक्राउ पुर्जी जारी गरिएका चितवनको रत्ननगर नगरपालिका ६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो।

ब्युरोको टोलीले दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका लागि उनलाई लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले जनाएको छ।

प्रहरीका अनुसार पूर्वप्रहरी हवलदार ४५ वर्षीया कँडेल २०८१ चैत ३१ गते दिउँसो ३ः३० बजेतिर लमजुङको बेँसीसहर नगरपालिका २, भकुण्डेस्थित घरभित्र मृत भेटिएकी थिइन्।

ताल्चा लागेको घरबाट दुर्गन्ध फैलिएपछि स्थानीयले सूचना गरेपछि प्रहरीले खानतलास गर्दा सुत्ने कोठामा रहेको बक्स पलङको ओछ्यानमुनि त्रिपालले बेरिएको अवस्थामा पूर्वहवलदार सीताको शव भेटिएको थियो।

सो बीभत्स हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोरोबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित