हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

काठमाडौं । दुई वर्षदेखि गाजामा हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडिओ क्लिप्स सार्वजनिक गरिएको छ।

द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडिओ भन्दै सार्वजनिक गरेको हो।

इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ २०२३ नोभेम्बरमा खिचिएको विश्वास गरिएको छ। ३३ सेकेन्डको भिडिओमा जोशी अंग्रेजीमा बोलिरहेका छन्।

‘मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको भएँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म यहाँ सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रमका लागि आएको थिएँ, म एक विद्यार्थी हुँ’, उनी भनिरहेका छन्, ‘म सिट्रस र कागती फार्ममा कृषि फार्ममा काम गर्छु।’

यो भिडिओसँगै उनी जीवित रहेको आशा पलाएको छ। तर त्यो भिडिओ २ वर्षअघिकै भएकाले विपिनको वर्तमान अवस्था अझै स्पष्ट छैन।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित