हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसूर गरेको आरोप लागेका महर बुधबार अपराह्न हाजिर जमानीमा छुटेका हुन्।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बयान लिने काम सकेपछि उनलाई हाजिर जमानीमा राखिएको जानकारी दिए ।

२९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि बुधबार बिहान महर पक्राउ परेका थिए।

युवतीले भदौ ३ गते हुकालमार्फत् प्रहरी कार्यालयमा जाहेरी पठाएकी थिइन्। ८ गते कार्यालयले ब्युरोले पीडितलाई बोलाएर जाहेरी सनाखत गराएको थियो।

ऐन महरसहित उनका परिवारले आफूमाथि अपशब्द र विभिन्न लाल्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोष्ट गर्ने गरेको आरोप युवतीको आरोप छ।

उनले चरित्रहत्या गरेको कसूरमा महरविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाही माग गर्दै उजुरी दिएकी थिइन्।

उक्त दफामा विद्युतीय सञ्चार माध्यमहरूमा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्री वा कसैप्रति घृणा वा दोष फैलाउन, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै पनि किसिमको अमर्यादित कार्य गर्ने वा गर्न नपाइने भन्ने उल्लेख गरिएको छ।

यस्ता काम गरेमा एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। साथै कसूर पटक पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने भनिएको छ।

उनको उजुरी दर्ता भएसँगै महरविरूद्ध अनुसन्धानअगाडि बढाउन जिल्ला अदालत काठमाडौंले भदौ ९ गते पक्राउ गर्न अनुमति दिएको थियो।

महरलाई आचरणको प्रश्न उठाउँदै एमालेले केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। पछि बझाङको प्रदेश सभा उपनिर्वाचनअघि निलम्बन फुकुवा गरिएको थियो। बझाङ स्थायी घर भएका महर एमालेनिकट अनेरास्ववियुका पूर्वअध्यक्ष पनि हुन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित