रूकुम पूर्वमा कृषि विकास बैंक शाखा प्रमुख मृत भेटिए

रुपन्देही । कृषि विकास बैंक रूकुम पूर्व शाखाका प्रबन्धक शिवशंकर गिरी मृत अवस्थामा फेला परेका छन्।

सल्यानको बागचौर नगरपालिका–८ घर भएका ५२ वर्षीय गिरी शनिबार अपराह्न आफ्नै क्वाटरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।

उनका अनुसार गिरी बिहान करिब ११ बजेतिर नुहाएर सुतेका थिए। अपराह्न ४ बजेसम्म पनि नउठेपछि बैंकका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेपछि उनलाई सुतेकै अवस्थामा मृत भेटिएको हो।

गिरीको क्वाटरमा बैंकका अन्य तीन कर्मचारी समेत बस्ने गरेका थिए। घटना भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शवलाई परिवारको सनाखतपछि पोस्टमर्टमका लागि पठाइने तयारी भइरहेको डिएसपी यादवले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित