एअर इण्डिया विमान दुर्घटना : इन्धन ‘स्विच’ बन्द भएको प्रतिवेदनको खुलासा

काठमाडौं । गएको जुन १२ मा भारतको अहमदाबादबाट उडेको एअर इण्डिया फ्लाइट १७१ उडेको केही सेकेन्डमै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो । यस्तै भुईँमा रहेका थप २९ जनाको पनि ज्यान गएको थियो।

उक्त दुर्घटनाबारे भारतको ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेष्टिगेशन ब्युरो’ ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा चौंकाउने बिषय खुलासा भएको छ । दुर्घटना हुनु अघिनै विमानका इन्धन स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिवर्तन गरिएका थिए।

दुई इञ्जिनयुक्त बोइङ ७८७–८ ‘ड्रिमलाइनर’ विमानका इञ्जिन १ र २ को इन्धन आपूर्ति स्विच काटिएको उल्लेख गरिएको प्रतिवेदनमा भनिएको छ, ‘ककपिट भ्वाइस रेकर्डिङमा एकजना पाइलटले अर्कोलाई सोधिरहेको सुनिन्छ— ‘किन स्विच काट्यौ ? ‘ जवाफमा अर्का पाइलटले भनेका छन्— ‘मैले काटेको होइन।’

यस दुर्घटनाबाट बच्न सफल एक मात्र व्यक्ति बेलायतका नागरिक रमेश विश्वेशकुमार रहेका छन्। दुर्भाग्यवश, उनका दाजु पनि सोही विमानमा सवार थिए र उनी दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये परे।

प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको अन्तिम निष्कर्ष वा निर्माता तथा सञ्चालनकर्तालाई दिइने सुझावहरू उल्लेख गरिएको छैन। प्रतिवेदनअनुसार इन्धन स्विच ‘कटअफ’ भएपछि पुनः इञ्जिन स्टार्ट गर्न प्रयास गरिएको थियो। इञ्जिन १ केही हदसम्म रिकभर भए पनि इञ्जिन २ ले कोर स्पिड रोक्न सकेन, इन्धन पुनःप्रवेश गराएर गति बढाउने प्रयास भए पनि सफल हुन सकेन।

विमानबाट त्यसपछि ‘मे डे, मे डे, मे डे’ भन्दै आपतकालीन सन्देश प्रसारण गरिएको थियो। विमानले उचाइ गुमायो र भुइँमा ठोक्कियो। सो समयमा विमान लण्डन जाँदै थियो र २३० यात्रु तथा १२ चालक दलका सदस्य सवार थिए।

विमान अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै मेडिकल विद्यार्थीहरू खाना खाइरहेका भवनमा ठोक्किएको थियो।

एअर इण्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एआई १७१ दुर्घटनाबाट प्रभावित सबै परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं। हामी अनुसन्धानमा पूर्ण सहयोग गरिरहेका छौं र पीडितहरूलाई आवश्यक सबै सहयोग पुर्‍याउन प्रतिबद्ध छौं।’

यो बोइङ ७८७ ‘ड्रिमलाइनर’ सिरिजको पहिलो दुर्घटना हो, जुन सिरिज सन् २०११ मा व्यावसायिक सेवामा आएको थियो। दुर्घटना अनुसन्धानमा अमेरिकी ‘नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड’ का विशेषज्ञहरू पनि सहभागी छन् किनभने विमान अमेरिकामा बनेको थियो।

ब्ल्याक बक्सहरू उद्धार गरी त्यसको विश्लेषण कार्य गत महिना सुरु गरिएको थियो।

दुर्घटनापछि भारतको उड्डयन नियामक निकाय ‘डिजीसीए’ ले एअर इण्डियालाई आफ्नो बोइङ ७८७–८।९ विमानहरूको थप मर्मतजाँच गर्न निर्देशन दिएको थियो। जुन १७ मा उक्त निकायले कुनै ठूला समस्या नदेखिएको जनाएको थियो।

तर, एक सातापछि नियामकले दिल्ली र मुम्बई लगायतका विमानस्थलहरूमा अनुगमन गर्दा ‘दोषको पुनरावृत्ति तथा समुचित समाधान नगरेको’ भन्दै सात दिनभित्र सुधार गर्न आदेश दिएको थियो।

यसैबीच, एअर इण्डियाको सहायक कम्पनी ‘एअर इण्डिया एक्सप्रेस’ ले पनि यस वर्ष मार्चमा इञ्जिन पार्ट्स समयमै फेरेन भन्दै भारतीय र युरोपेली नियामक निकायहरूको छानबिनमा परेको छ।

बोइङ कम्पनीले विज्ञप्ति जारी गर्दै भन्यो, ‘एअर इण्डिया फ्लाइट १७१ दुर्घटनाबाट प्रभावित सबैप्रति गहिरो संवेदना प्रकट गर्दछौं। हामी अनुसन्धानमा सहयोग गरिरहेका छौं।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित