काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा भएका छन् ।
मंगलबार बयानपछि काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई ३ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
गत चैत १५ गते राजावादी गरेको प्रदर्शनका क्रममा भएको तीनकुने घटनाको आरोप लगाउँदै पक्राउ परेका मिश्र यस धरौटीसँगै रिहा भएका छन् ।
रिहा भएपछि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अहिलेको परिस्थितिमा न्याय दिन अदालत सक्षम रहेको रहेछ ।’
त्यस्तै, उनले राज्यले अन्याय दिएको अवस्थामा पनि अदालतले भने न्याय दिएको भन्दै खुशी व्यक्त गरे ।
‘जसरी राज्यले जे जे गरेर आरोप लगाएर दोषी करार गर्न जसरी राज्य पक्षबाट विभिन्न किमिसको आरोपहरु लगाइयो त्यो दुःखदायी थियो । तर अदालतले न्याय दिएकोमा हामी एकदम खुशी छौं’, उनले थपे ।
































