घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदरको सूचना शनिबार प्रकाशित गरेका छन्। प्रकाशित भएको सुचना अनुसार बैंकहरुको औषत ब्याजदर जेठ महिनाको तुलनामा असारमा केही घटेको छ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशतविन्दु रहेको थियो । असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशत विन्दुमा झरेको छ।

२० बैंकमध्ये १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ बैंकले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घटेको छ । असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरुमा एभरेष्ट बैंक, कुमारी बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ। ति दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरुमा भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित