काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रु पाँच लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।
आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट आज साँझ पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले इञ्जिनियर यादवलाई पक्राउ गरेको हो । आरोपी इञ्जिनियर यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।




































