काठमाडौं वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान

काठमाडौं । भक्तपुरको गुण्डुमा रहेको काठमाडौं वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो ।

काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको पुगेको भन्दै सार्वजनिक भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली अनुगमनमा गएको हो ।

छानबिनका क्रममा टोलीले पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरूले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो । त्यसपछि प्रश्न पत्र बाहिरको भन्ने विषयमा चर्चामा आएको हो।

त्यसपछि कलेजको परीक्षार्थीको मोबाइल जफत गरेर चेकअप गरेको थियो । मोबाइल चेकअपको क्रममा पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको बोर्डले जनाएको छ। ‘प्रश्न पत्र साटासाट भएको देखियो । तर, त्यो अहिलेको नभई पुरानो प्रश्न पत्र रहेछ,’ बोर्ड स्रोतले भनेको छ।

एक छात्राले आफ्नो मोबाइलमा प्रश्न पत्र आएको भन्दै खुसी व्यक्त गरेपछि प्रश्न पत्र बाहिरिएको विषय सार्वजनिक भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित