काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवारकामकाज काज खटाइएको हो ।
सहसचिव रुद्र बहादुर कार्कीको लोक सेवा आयोगमा सरुवा गरिएको छ । यज्ञ पुरीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको छ । त्यस्तै रोशन ज्ञवालीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मोतिराम सापकोटाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशमा कामकाजका लागि खटाइएको छ ।
अन्य को-कहाँ ?

































