पालिका अध्यक्षले गरे सीडीओ कार्यालयमा तोडफोड, राहदानी सेवा ठप्प

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् ।

आफ्नो पालिकाका नागरिकले सहजै सेवा नपाएको भन्दै उनले बिहीबार कार्यालयको राहदानी शाखामा तोडफोड गरेका हुन् । उनले शाखाको स्क्यानर मशिन फोडेको कार्यालयले जनाएको छ ।

स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले शुक्रबार पनि राहदानीको काम नहुने बताए ।

तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी हिजै साँझ छुटेका छन्। लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई छोडिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको उनको भनाइ छ ।

अध्यक्ष थापामगरले भने टाढाबाट आएका नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए। ‘

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित