काठमाडौं । जबरजस्ती करणबाट गर्भवती बनेकी बागलुङकी १४ वर्षीया (१३ वर्ष ९ महिना) नाबालिकाले छोरीलाई जन्म दिएकी छन् । शनिबार बिहान ३ बजे नाबालिकाले छोरीलाई जन्म दिएकी हुन् ।
धौलागिरि अस्पताल बागलुङका अनुसार उनले २.२ केजीको बच्चा (छोरी) लाई जन्म दिएकी हुन् । अहिले बच्चालाई एनवीआइसीमा राखेर उपचार भइरहेको छ । ‘बच्चालाई एनआइसीयूमा राख्नुपर्ने हो,’ तर, ‘यहाँ उपलब्धता नभएपछि हामीले एसएनसीयूमा राखेर उपचार गरिरहेका छौं’, अस्पतालका एक डाक्टरले न्यूज खरीसँग भने ।
उनका अनुसार राति ३ बजे बालिकाले बच्चालाई जन्मदिएकी हुन् । अहिले आमाको अवस्था सामान्य रहेको छ । १४ वर्षिया नाबालिकाले शुक्रबार निसीखोला गाउँपालिका वडा नम्बर १ का विजय मल्लले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।
जाहेरी दिन बागलुङ सदरमुकाम आएको बेला बालिकालाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थियो । जाहेरी दर्ता भएसँगै १४ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेका मल्ल फरार भएका छन् । फरार युवककाे खाेजी र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
याे पनि पढ्नुहाेस्
बागलुङमा १४ वर्षीया बालिकामाथि करणी, सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना


































