मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले माग्यो १६० जना कर्मचारी (सूचनासहित)

काठमाडौं । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले नवौं तहदेखि छैटौं तहसम्मका १६० कर्मचारी करारमा मागेको छ।

बिहीबार एक सूचना प्रकाशन गर्दै निर्देशनालयले नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।

त्यस्त आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ। सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजको १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्। आवेदन दस्तुर छैटौं, सातौं र आठौं तहका लागि एक हजार र नवौं तहका लागि १ हजार २ सय तोकिएको छ।

karmachari maag 1703125796 1 https://newskhari.com/storage/2023/09/doctor.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित