काठमाडौं । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयमाथि अंकुश लगाएको छ ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।
गत मङ्सिर १४ गते मन्त्री बस्नेतले डा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेका थिए । उक्त निर्णयविरुद्ध डा.पौडेलले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए।

































