बागलुङ जिल्लामा डेङ्गीको समस्या बढ्यो, परीक्षण किट छैन

बागलुङ । बागलुङ जिल्लामा डेङ्गीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेङ्गीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरे ।

स्वास्थ्य कार्यालयले पनि डेङ्गी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औँल्याउँदै मङ्गलबार डेङ्गी, स्क्रब टाइफस, सापुलगायतको जोखिमबारे सरोकारवालाको ध्यानाकर्षण समेत गरायो ।

जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती समस्याबारे प्रस्तुती गर्दै लामखुट्टे, सेतो पुतली र मुसामा लाग्ने भुसुनाबाट जोगिनुपर्नेमा जोड दिए । अहिले डेङ्गी परीक्षणको कीट नभएकोले रगत परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, “तनहुँमा महामारी भएकाले धेरै सेवा उतै गएको छ, भोलि यहाँ पनि सङ्क्रमण बढ्ने अवस्था छ, त्यसका लागि मन्त्रालय तहसम्म पहल गरेर कीट तयारी राख्नुपर्छ ।” धौलागिरि अस्पतालले पाँच सय कीट मागेकामा अहिलेसम्म नआएको उनको गुनासो थियो ।

अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत ज्वरोका मात्रै भएको तथ्याङ्क छ । “दैनिक पाँच सयसम्म बिरामी आइरहेका छन्, तीमध्ये ३० प्रतिशत ज्वरोका छन्,’ प्रमुख शर्माले भने, “अहिलेको महामारी भएकोले सबैको डेङ्गी परीक्षण गर्न चाहे पनि सकिएको छैन ।” अस्पतालमा आइतबारसम्म परीक्षण भएका एक सय ३९ डेङ्गीका सङ्क्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेङ्गीका बिरामी धेरै भेटिएको बताउँदै उनले भने , “खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास भए पनि दैनिक बिरामी बढेको छ।”

कीट व्यवस्थापनका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति स्वास्थ्य कार्यालय तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो दिएका थिए । चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुन र परीक्षणको दायरा बढाउन तत्काल कीट तथा औषधिको भण्डारण बढाउन उनीहरुले सुझाव दिएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित