छैटौँ दिन पनि उठाइएन सिंहदरबारको फोहोर

काठमाडौं । महानगरपालिकाले आज पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन । महानगर प्रमुख बालेन शाह (बालेन्द्र) को निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फोहोर नउठाइएको हो ।

‘महानगरले नभनेसम्म हामी फोहोर उठाउन सक्दैनौँ,’ परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले भने ।
अहिले सिंहदरबारभित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ । मेयर शाहले गत शनिबार बिहान सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए ।

महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने बताएका छन् । ‘जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौँ,’ उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित