राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा दोस्रो पटक विश्वासको मत लिन बाध्य भएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न खोज्दा दोस्रो पटक विश्वासको मत लिन बाध्य भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण बनाउन आफू क्रियाशिल हुँदाहुँदै नेकपा एमाले र राप्रपाले नमानेको जिकिर गरे।

प्रचण्डले भने,यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन,सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो ।
उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा राजनीतिक स्थीरताको प्रतिवद्धतासहित सरकार गठन भएको बताए। तर, राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि केही दलहरूबीच असमझदारी बढेको बताए।

उनले भने,प्रधानमन्त्री र मन्त्रीहरूबीच न ठूला नीतिगत मतभेद देखिए न व्यक्तिगत सम्बन्ध बिग्रिएको थियो । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि एमाले र राप्रपाका मन्त्रीज्यूहरुले राजीनामा दिनुभयो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित