काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङसहित क्षणिकहल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराईका भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


























