काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा सभापति विजयी भएका छन् । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ९६२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याए।
नेविसंघका ओझा ३३१ मतको अग्रतासहित विजयी भएका हुन्। यहाँ कुल १३ वटा विद्युतीय मेशिन राखिएको थियो। यहाँ कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो। ओझा र विष्टसहित क्रान्तिकारीबाट मदन केसी मैदानमा थिए।





























