२ बजेपछि काठमाडौं उपत्यकामा वर्षा हुने

काठमाडौं । देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, सुनसरीका केही स्थानमा वर्षा भइरहेको छ ।

पछिल्लो तीन घण्टामा सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत स्थानमा पनि वर्षा भएको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए ।

उनका अनुसार आज र भोलि देशका धेरै स्थानमा मौसम बदली हुनेछ । केही स्थानमा आज बिहानैदेखि मौसम ‘डिस्टर्ब’ रहेको उनले बताए ।

“यो प्रिमनसुनको समय हो । यो समयमा अपराह्नमा पानी पर्ने सम्भावना बढी हुन्छ’ उनले भने ।

काठमाडौंमा आज पनि वर्षाको सम्भावना छ । दिउँसो २ बजेपछि वर्षाको सम्भावना रहेको उनले बताए । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित