घटेर आयो भारतबाट पेट्रोलियमको मूल्य

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र डिजेल एक रुपैयाँ ५० पैसा घटेर आएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेकाले आइओसीले पठाउने बिक्रीदर पनि घटाएर पठाउन थालेको हो । आइओसीले योसहित चारपटक पेट्रोलको र तीनपटक डिजेलको भाउ घटाएर पठाइसकेको छ ।
तर, निगमले भने डेढ वर्षअघिदेखिको बक्यौता रकम देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न मानेको छैन ।

निगमले १५ दिनअघि पनि आइओसी र सरकारको बक्यौता करिब १६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको कारण देखाउँदै मूल्य समायोजन गर्न नसकेको जानकारी दिएको थियो । आइओसीबाट मूल्य बढेर आउनासाथ घाटा थेग्न नसक्ने भन्दै निगमले मूल्य बढाउने गरेको छ । तर, घटेर आएको मूल्यअनुसार नेपाली बजारमा समायोजन गर्न भने प्रत्येकपटक आनाकानी गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित