पाकिस्तान : इमरान खानलाई पक्राउ गर्न पुगेको प्रहरी बल खाली हात फर्कियो

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न उनकै घर पुगेको प्रहरी बल खाली हात फर्केको छ ।
खानका समर्थकहरूले प्रहरीको प्रतिकार गर्दै इँटा र ढुंगा प्रहार गरेपछि प्रहरीले पनि अश्रूग्यास प्रहार गरेको थियो ।

मंगलवार खानलाई पक्राउ गर्न पुगेको प्रहरीले समर्थकहरूसँग बुधवार पनि भिडन्त गरेको थियो । लाहोरको जमान पार्कस्थित घरमा पक्राउबाट बच्नका लागि इमरान बसिरहेका छन्।
तर खानले मार्च महिनाको अन्त्यतिर अदालती पुर्पक्षका लागि उपस्थित हुने एउटा प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन् ।

खानविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपका सम्बन्धमा प्रहरीले पक्राउपुर्जी थमाउन खोजेको थियो । तर खानका समर्थकहरूले मानव ब्यारिकेड बनाएर प्रहरीलाई पक्राउ गर्न दिएका थिएनन् ।

बुधवार सुरक्षाकर्मीहरू फर्किएपछि अब खानलाई फेरि पछि पक्राउ गर्न कोशिश गर्छन् कि गर्दैनन् भन्ने प्रस्ट छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित