स्ववियु निर्वाचन : पोखरा ईञ्जिनियरङ नेविसंघमा विवाद, आमरण अनशन सुरु

पोखरा । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्बन्धमा विवाद भएपछि पोखरामा रहेको इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूले आमरण अनशन सुरु गरेका छन्।

निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा निर्वाचन अधिकृतले बाहिरी अनाधिकृत व्यक्तिहरूको दबावमा निर्देशिकामा रहेको व्यवस्था नै कुल्चिएर विद्यार्थीहरूको नामको दुरुपयोग लगायत गल्तीहरू गरेको भन्दै नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी सङ्घका विद्यार्थीहरूले बुधवारदेखि आमरण अनसन सुरु गरेका हुन्।

यो विवाद अन्य विद्यार्थी सङ्गठनहरूसँगको नभई नेविसंघ भित्रैको हो। नेविसंघको जिल्ला कार्यसमितिले सबै विद्यार्थीहरूको भावना नसमेटि एकलौटी रूपमा नाम दर्ता गराएको आरोप असन्तुष्ट विद्यार्थीहरूको छ। क्याम्पसमा अध्ययनरत नरहेका गैर विद्यार्थीहरूको समेत नाम राखेर पश्चिमाञ्चल क्याम्पसकै नेविसंघ नेतृत्वले मनोमानी गरेको क्याम्पसमा अध्ययनरत रविन भुसालले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित