उपराष्ट्रपतिमा जसपाकी उम्मेद्‍वार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद् तथा उपराष्ट्रपतिकी उम्मेद्‍वार प्रमिला कुमारी यादवले आफ्नो उम्मेद्‍वारी फिर्ता लिने भएकी छिन्। उपराष्ट्रपतिमा जसपाबाटै अर्का उम्मेद्‍वार रहेका रामसहाय प्रसाद यादवको निर्वाचन आयोगले उम्मेद्‍वारी कायम राखेसँगै प्रमिलाले उम्मेद्‍वारी फिर्ता लिने भएकी हुन्।

प्रमिलाले उम्मेद्‍वारी फिर्ता लिने तयारी भइरहेको जसपाका सांसद्‍ प्रदिप यादवले बताएका छन्। जसपाले शनिबार उपराष्ट्रपतिमा १ महिला र १ पुरुष गरी २ जनाको उम्मेद्‍वारी दर्ता गराएको थियो।

उम्मेद्‍वारी दर्ता गराएपछि रामसहायविरुद्ध २ जनाको उजुरी परेको थियो। सोही विषयमा आइतबार रामसहायले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिखित जवाफ पेश गरेका थिए।

उनीविरुद्ध एमालेबाट उपराष्ट्रपतिका उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेद्‍वार ममता झाले उपराष्ट्रपतिमा महिला हुनपर्ने भन्दै अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

जसपाबाहेक एमालेबाट शाक्य र जनमतबाट झा गरी उपराष्ट्रपतिमा जम्मा ४ जनाको उम्मेद्‍वारी परेको थियो। निर्वाचन आयोगको उम्मेद्‍वारहरुलाई आज उम्मेद्‍वारी फिर्ताको मौका दिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित