काठमाडौं । घुस रकमसहित प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नगद २० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
उनले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिए वापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग नगद लिएको अख्यिारको दाबी रहेको छ ।
पक्राउ परेका प्रहरी नायव निरीक्षक दिनेश राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २० हजार कायम गरी बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । राउत यसअघि पनि २० हजार घुससहित क्याफेबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।





































