महिला फुटबलकी कप्तान साम्बाको घुँडाको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ। उनले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।

लामो प्रतीक्षापछि गरिएको उक्त शल्यक्रिया सफल भएको बताउँदै साम्बाले अब पुनर्स्थापनाको प्रक्रिया सुरु हुने जनाएकी छन्। उनले भोलिदेखि चिकित्सकको निगरानीमा रिह्याब सुरु गर्ने र अवस्था सामान्य भएपछि एस्पेटारमा थप पुनर्स्थापनाको योजना रहेको उल्लेख गरिन्। खाडी क्षेत्रमा हालको असहज अवस्थाका कारण कतार पुग्न समस्या भएपछि विशेषज्ञको सल्लाहमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले स्पष्ट पारिन्।

कठिन समयमा साथ र सहयोग गर्ने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले शल्यक्रियाको व्यवस्था मिलाउन गरेको सहयोगप्रति पनि धन्यवाद दिइन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित