काठमाडौं । काठमाडौंको पशुपतिस्थित राममन्दिर नजिकै ३ थान ग्रिनेट फेला परेको छ । काठमाडौं महानगरपालिका ९ पशुपति राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला परेको प्रहरीले जनाएको छ ।
उक्त ग्रिनेट डिस्पोजका लागि नेपाली सेनालाई बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । ग्रिनेट पुराना अवस्थामा रहेका प्रहरीले जनाएको छ ।




































