काठमाडौं । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याएको घटनामा प्रहरीले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ । भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी थुनामा रहेका अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले कारागार कार्यालय डिल्लीबजारबाट प्रहरी कार्यालयमा झिकाएर बयान लिएका हुन् ।
बिहीबार र शुक्रवार अनुसन्धान अधिकृतहरूले अधिकारीसँग भिआईपी धम्क्याउन प्रकाश पाठकलाई ‘सुपारी’ दिएको बारेमा सोधपुछ गरेका छन् । प्रकाश पाठकलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो । अधिकारीसँग बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।




































