कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताए ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराए ।

उनले भने, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो । हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ ।”

महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह, २०८२ लाई केवल औपचारिक कार्यक्रमका रूपमा नभइ, नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गरे । उनले नेपालका सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले सभ्य, शिष्ट र जिम्मेवार नागरिकको व्यवहार देखाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे ।

“ट्राफिक प्रहरीले हात हल्लाएर सडकमा ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस्”, उनले भने, “सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ । यही नै ट्राफिक सप्ताह, २०८२ को मूल उद्देश्य हो ।”

आइजिपी कार्कीले कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन आउने र सुशासनले समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने उल्लेख गरे । साथै, ट्राफिक सप्ताहको सफलताका लागि आम नागरिकको सक्रिय साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित