१ लाख ३३ हजार ९८० ‘निर्वाचन प्रहरी’का लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार नौसय असी ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखास्त आह्वान गरेको हो।

नेपाल प्रहरीको मानवश्रोत विकास विभागले बिहीबार बिहान सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नागरिकबाट दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले भोलि (शुक्रबार)देखि आगामी माघ १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। सार्वजनिक बिदाको दिनसमेत आवदेशन दिन सकिने छ।

निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो।

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।

फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ। छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ।

यस्तै निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउनेछन्। प्रहरीकै जस्तो जिल्ला अनुसार रासन भने फरक पर्नेछ।

https://newskhari.com/storage/2023/03/Police_headquatar_EgNxcVzkT51679368261.png 612617480 1579179636460521 7832254258941245270 n fTqZQcWzPm https://newskhari.com/storage/2023/03/Police_headquatar_EgNxcVzkT51679368261.png

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित