मोरङमा चल्यो गोली

काठमाडौं । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०ः३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो ।

प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको पुष्टि गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित