ईश्वर पोखरेल पक्ष : महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराई, अन्यमा को ?

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले पदाधिकारीका केही उम्मेदवार टुंगो लगाएको छ ।

ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दा यो समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे भिड्ने भएका छन् । यसैगरी उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाइनेछ । बाँकी दुई जनाको भने टुंगो लाग्न बाँकी छ ।

सचिवमामा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको छ ।

संस्थापन पक्षबाट अध्यक्षमा केपी शर्मा ओली नै उठ्ने लगभग तय भएको छ । यो समूहले बाँकी उम्मेदवार टुंगो लगाएको छैन । महाधिवेशन अन्तर्गत आज सोमबार बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ६ बजे हुनेछ । मतदान भने भोलि मंगलबार बिहान १० देखि ५ बजेसम्म गर्ने कार्यतालिका छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित