बन्दसत्रअघि एमाले केन्द्रीय समितिको बैठक, विधान संशोधनको तयारी

काठमाडौं । नेकपा (एमाले)ले विधान संसोधनको तयारी गरेको छ । अहिले बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् ।

गत शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा पेस नगरिएको प्रस्ताव आज गर्न लागिएको ओलीनिकट एक नेताले जानकारी दिए । ‘तल्लो तहदेखि नै माग भएर आएको हुँदा नेतृत्वले पदाधिकारी र केन्द्रीय सदस्य बढाउने तयारी गरेको हो’, ती नेताले भने ।

गत २०–२२ भदौमा गोदावरीमा भएको विधान महाधिवेशनबाट ३०१ केन्द्रीय कमिटीलाई २५१ र १९ पदाधिकारीलाई १५ मा झार्ने निर्णय गरिएको थियो । उक्त निर्णय तीन महिनामै उल्ट्याउने तयारी भएको हो । केन्द्रीय कमिटी बैठक ९ बजे बस्दै छ ।

शनिबारदेखि सुरु भएको एमाले ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि भृकुटीमण्डपमा सुरु हुँदै छ । बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्रलाई सवा १२ बजेका लागि सारेर केन्द्रीय कमिटी बैठक राखिएको हो ।

आफ्नो टिममा पदाधिकारीका आकांक्षीहरूको संख्या धेरै भएपछि अध्यक्ष व्यवस्थापनको सकसमा रहेका बेला ओलीले विधान संशोधनको तयारी गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित