सालपा विकास बैंकको आइपिओ जारी, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आइपिओ निष्कासन प्रक्रिया सुरु गरेको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो ।

बैंकलाई नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको थियो।

जारी हुने सेयरमध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०।५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

विदेशमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा मेरो सेयर प्लेटफर्ममार्फत पनि सम्पन्न गर्न सकिने बैंकले जनाएको छ । बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित