प्रभु बैंकका रेमिटेन्स विभाग प्रमुख सुजिन शाक्य पक्राउ

काठमाडौं । प्रभु बैंक लिमिटेडका रेमिटेन्स डिपार्टमेन्ट प्रमुख सुगेन भन्ने सुजिन शाक्य पक्राउ परेका छन्।

‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ अन्तर्गत थप कसूरमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।

रेमिट कारोबारको क्रममा प्रभु बैंकलाई हानि पुर्‍याई आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा पुग्ने गरी प्रिफन्डिङ दिन सकिने कानुनी व्यवस्थाको दुरूपयोग हुँदै प्रिफन्डिङ नाममा नियम विपरीत अर्कै रकम दिइएको र सो बापत नियमअनुसार ब्याजसमेत नलिएको कारण प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानि–नोक्सानी भएको समेत प्रारम्भिक अनुसन्धानले देखाएको ब्युरोले जनाएको छ।

उक्त अतिरिक्त कसूरमा संलग्न रहेको भन्दै बुधबार ललितपुर महानगरपालिका–११, इखांचेबाट ४२ वर्षीय सुजिन शाक्य पक्राउ गरिएको प्रहरीले जनाएको हो।

प्रभु म्यानेजमेन्ट प्रा।लि। लाई नियम विपरीत सुपर एजेन्ट बनाई रेमिटेन्स कारोबार गर्न एड्भान्स रकम उपलब्ध गराइएको, सो कम्पनीसँग रेमिट कारोबार स्थगित भएपछि समेत नेपाल राष्ट्र बैंकको निर्देशन विपरित र कानुन विपरीत सो रकम लामो समयसम्म स्वार्थ समूहलाई प्रयोग गर्न दिइ प्रभु बैंक लि। लाई आठ करोड त्रियानब्बे लाख उन्नाइस हजार नौ सय छयासी रुपैयाँ तीस पैसा हानि–नोक्सानी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही अपराध लुकाउन–छिपाउनका लागि कर्जा प्रवाह गराई कर्जा दुरूपयोग गर्नेरगराउने कार्यमा पनि संलग्न रहेकाले प्रभु बैंकका सिइओ अशोक शेरचन समेत माथि बैंकिङ कसूरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। पक्राउ परेसँगै शाक्यविरूद्ध थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित