काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सुरुवाती मन्त्री मण्डलमा समेट्ने निर्णय गरेको छ ।
सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बसको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । यद्यपी, कुन मन्त्रालय दिने भन्नेबारे निर्णय भएको छैन ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भएको हो ।
एमालेसँग संवादका लागि प्रचण्डले नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङलाई खटाएका थिए ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् ।







































