बहुविवाह गरेको आरोपमा डिएसपी मधु नेपाल पक्राउ, दोस्रो श्रीमतीको खोजी !

काठमाडौं । रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ।

डिएसपी नेपाललाई बहुविवाह मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। हाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाल प्रहरी निरीक्षक रहेको बखत बुटवलको वडा प्रहरी कार्यालयमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले नेपाल विरूद्ध बहुविवाह गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए । उनकी श्रीमतीले दिएको उजुरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई मंगलबार पक्राउ गरिएको कार्कीले बताए।

जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी नेपाललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर बहुविवाहबारे थप अनुसन्धान गर्ने काम भइरहेको कार्कीले बताए।

कार्कीका अनुसार नेपालले विवाह गरेको भनिएकी दोस्रो श्रीमतीको भने खोजी भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित