समावेशी नीति कार्यान्वयनको चुनौतीबारे परामर्शात्मक कार्यशाला

काठमाडौं । ललितपुरमा ‘समावेशी नीति तथा पहुँचसहितका कार्यान्वयनका चुनौतीहरू’ विषयक परामर्शात्मक कार्यशाला शुक्रबार सम्पन्न भएको छ। राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको सभापतित्वमा कार्यशाला सम्पन्न भएको हो।

कार्यक्रममा डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुजन स्पेसलिस्ट मनोज गोहीवारले राष्ट्रिय नीतिहरू, कानुनी संरचना तथा व्यावहारिक चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गरे।

उनको प्रस्तुतीकरणमा नेपालको समावेशी नीति संरचना, हाल लागू अवस्थामा रहेका पहुँचसम्बन्धी व्यवस्था तथा स्थानीय तहमा देखिने मुख्य व्यवहारिक कठिनाइहरू समेटिएका थिए।

छलफलमा ६० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो । उनीहरूले भवन निर्माण संहिता अनुसार पहुँचको अवस्था, यातायात अनुमति, सेवा पहुँच र सार्वजनिक पूर्वाधार सुधार जस्ता विषयमा व्यवहारिक सुझाव र समस्या राखेका थिए।

प्यानलमा शहरी विकास मन्त्रालयका सह–सचिव नवराज प्याकुरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रतिनिधि नीरादेवी अधिकारी, एआईएनका समन्वयकर्ता साकिब थिए। छलफलको मोडरेटर सरिता लामिछाने थिइन् ।

कार्यक्रमको समग्र प्रतिवेदन तथा निष्कर्ष राष्ट्रिय संघीय दृष्टिबाङ्ग महासंघका अध्यक्ष शिशिर खनालले प्रस्तुत गरे । उनले नीति र कार्यान्वयनबीचको खाडल घटाउन सरकारी संयोजन, बहु–पक्षीय सहकार्य र स्थानीय तहमै व्यावहारिक सुधार अपरिहार्य रहेको टिप्पणी गरे।

महासंघका अध्यक्ष आचार्यले भने, ‘नेपालमा समावेशी नीतिहरू पर्याप्त छन्, तर इमान्दार कार्यान्वयन र पहुँच सुनिश्चितता हाम्रो सामूहिक जिम्मेवारी हो। युवाहरूको आवाज, ओपीडी नेतृत्व र संरचनागत सुधारले परिवर्तन सम्भव हुन्छ।’

फेयरमेडको आयोजनामा भएको कार्यक्रम एआईएन, पीआईएन, एनएफडीएन र ह्यान्डिक्याप इन्टरनेसनल नेपालको सहकार्यमा सम्पन्न भएको हो। सहभागीहरूले यस्तो बहुपक्षीय छलफल नियमित रुपमा हुनुपर्ने, प्राविधिक सहयोग बढाउनुपर्ने र सरकारी संयोजन प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित