काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरूमा पनि बनाउनुपर्ने बताएका छन् । शनिबार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मधेसमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी तथा मधेस केन्द्रित दलहरूबीच नयाँ समीकरण बनेको र अब यस्तै समीकरणको सुरुआत अन्य प्रदेशहरूमा पनि बन्ने विश्वास व्यक्त गरे ।
कम्युनिस्टहरूबीचको एकता प्रकृयालाई जारी राख्ने बताउँदै उनले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे । उनले भने, ‘यो एकता प्रकृया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिस्टहरूलाई नेकपामा सामेल हुन आह्वान गर्न चाहन्छु ।’
उनले शक्तिशाली नेपाली कम्युनिस्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गरे ।




































